दफा ३५
क्षतिपूर्ति रकमले पहिलो प्राथमिकता पाउने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएकोभए तापनि कसूरदारले अदालतको फैसला बमोजिम जरिवाना, सरकारी बिगो, दशाँद,बिशौंद, दुनियाँको बिगो वा अन्य कुनै रकमका अतिरिक्त पीडितलाई क्षतिपूर्ति समेतबुझाउनु पर्ने भएकोमा कसूरदारबाट असुल उपर भएको रकमबाट सबैभन्दा पहिले यसऐन बमोजिम पीडितले पाउने क्षतिपूर्तिलाई पहिलो प्राथमिकता दिइनेछ ।